पामे सहकारीले साधारणसभाको अवसरमा सरसफाइ र आश्रमलाई सहयोग
पाेखरा | असोज ५, २०८२
पोखरा: पामे बचत तथा ऋण सहकारीले १५ औ साधारण सभाको अवसरपारे सहकारीले विभिन्न कार्यक्रम गरेको छ । शनिबार पोखरा २४ पामे बजारमा सहकारीले सरसफाइ गरेको छ भने आइतबार बटुकहरुलाई खाना ख्वाउनुका साथै सिद्धबराह तपोबन आश्रमलाई सहयोग गरेको छ । सोमबार १५ औ साधारण सभा पोखरा २४ पामेमा गर्दैछ ।
सरसफाइ अभियानमा पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल, बाटो अवपर रहेका झाडी लगाएतका फोहोरहरु सरसफाइ गरेको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए ।
उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा अभियानलाई सहकारीले प्रत्येक वर्ष गर्दै आएको बताए । सहकारीले आवश्यकता अनुसार त्यस क्षेत्रमा विभिन्न सामाजीक उत्तरदायित्वका काम गर्दै आएको उनले बताए ।
आइतबार पोखरा २३ माझथुममा रहेको सिद्धबराह तपोवन आश्रम आश्रमलाई आर्थिक सहयोग, खाद्यन्न सहयोग र बटुकहरुलाई खाना र दक्षिणा प्रदान गरेको पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज पराजुलीले जनकारी दिए ।
उनले सहकारीले सामाजीक उत्तरदाइत्व अन्तरगत विभिन्न सामाजीक कार्यक्रम गर्दै आएको बताए । उनले पामे सहकारी सहकारीको सिद्धान्त पालना गरेर सञ्चालन गरेका कारणले नै सहकारीमा कुनै समस्या नरहेको बताए ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

